Like us!
Follow us!
Connect us!
Watch us!

२४ घन्टाको मौसम पूर्वानुमान, तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ०६ : ५८ मा प्रकाशित

२४ घन्टाको मौसम पूर्वानुमान, तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आइतबार देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ। 

दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।

सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिरअवस्थित छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको