Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलको टिकटक प्याकः १७५ रुपैयाँमा ७ दिन अनलिमिटेड टिकटक चलाउन पाइने

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ०७ : २६ मा प्रकाशित

एनसेलको टिकटक प्याकः १७५ रुपैयाँमा ७ दिन अनलिमिटेड टिकटक चलाउन पाइने

सरकारले प्रतिबन्ध हटाएसँगै निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलले टिकटक प्याक ल्याएको छ।  

‘सबै ‘सधैं अन’का प्याकमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरिएको एनसेलले जनाएको छ।

ग्राहकले करसहित १७५ रुपैयाँमा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउने र यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जिबी डेटा पनि प्राप्त गर्ने विज्ञप्तीमा उल्लेख छ।

मन्त्रिपरिषद्को भदौ ६ को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। दूरसञ्चार प्राधिकरणले भदौ २१ मा सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको