Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लो साता २२.२१ अंकले घटेको सेयर बजार आज के होला ?

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ०७ : ४१ मा प्रकाशित

अघिल्लो साता २२.२१ अंकले घटेको सेयर बजार आज के होला ?

साताको पहिलो दिन आज आइतबारको सेयर बजार के होला भनेर चासो बनेको छ।

अघिल्लो साता २२.२१ अंक (०.८१ प्रतिशत)ले ओरालो लागेको सेयर बजार आजबाट सकारात्मक दिशातर्फ अघि लाग्ने आकलन लगानीकर्ताले गरेका छन्।

तर, प्राविधिक विश्लेषण हेर्ने हो भने सेयर बजार बढ्छ वा गत साताझैं वियरिसमै रहन्छ यकीन हुन सकेको छैन, अन्यौल नै छ।

लगानीयोग्य पूँजी पर्याप्त छ भने सहज रुपमा कर्जा पाउने अवस्था छ। त्यही भएर ढिलोचाँडो बजारले लय समात्ने अनुमान गरिएको छ।

सेयर बजार बिहीबार २ हजार ७२७.३६ विन्दुमा बन्द भएको थियो। अघिल्लो साता पाँच कारोबार दिनमध्ये दुई दिन बजार बढेको थियो।

कुन दिन के भयो ?
आइतबार: ५३.६३ अंकले घट्यो
सोमबार : १२७.३२ अंकले बढ्यो
मंगलबारः ६.९४ अंकले बढ्यो
बुधबार : ९०.७३ अंकले घट्यो
बिहीबार: १२.१० अंकले घट्यो
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको