Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो बैंकहरूको आधार दर , कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, ११ : १५ मा प्रकाशित

घट्यो बैंकहरूको आधार दर , कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

वाणिज्य बैंकहरूको आधार दर (बेसरेट) पुनः घटेको छ । 

वाणिज्य बैंकहरुको आधार दर घटेर ३२ महिना यताकै सस्तो भएको हो । आधार दर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधार दरमा प्रिमियम जोडेर तय गर्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आधार दर साउनको तुलनामा भदौमा औसत ०.२५ प्रतिशतले घटेर ७.९२ प्रतिशतमा झरेको देखिन्छ । 

आधार दर कम भएसँगै कर्जाको ब्याजदर त कम भयो तर कर्जा प्रवाह भएन । बैंकहरुले आफूसँग भएको निक्षेप सस्तो ब्याजदरमै केन्द्रीय बैंकमा राखिरहेका छन् ।  अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने न्यून छ । बैंकहरुले निक्षेपको व्याजदर घटाउँदै आएका छन् । त्यसपछि आधारदर कम हुँदै गएको हो । अब बैंकबाट सस्तो व्याजदरमा ऋण पाउन सकिन्छ ।

कुन बैंकको आधार दर कति ?

केन्द्रीय बैंकको विवरणअनुसार यतिबेला आठ वटा वाणिज्य बैंकको आधार दर औसतभन्दा पनि कम छ । यी बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक र सानिमा बैंक रहेका छन् । अझ राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर त ७ प्रतिशतभन्दा पनि कम रहेको छ । यी बैंकहरुबाट ऋण लिँदा सस्तो ब्याज पर्ने निश्चित छ । 

२० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधार दर ६.२२ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधार दर ६.६६ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६६ प्रतिशत , कृषि विकास बैंकको ७.९६ प्रतिशत, नबिल बैंकको ७.४२ प्रतिशत, एभरेष्ट बैंकको ७.२९ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ७.७७ प्रतिशत, सिद्धार्थ बैंकका ७.९३ प्रतिशतमा सीमित भएको छ । प्रभु बैंक ७.९५ प्रतिशत, एनएमबी बैंक ७.९८ प्रतिशत, सिटिजन्स बैंकको ८.४२ प्रतिशत, माछापुच्छ्रे बैंकको ८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ८.११ प्रतिशत कायम भएको छ ।

यसैगरी लक्ष्मी सनराइज बैंकको ८.३९ प्रतिशत, हिमालयन बैंक ८.५३ प्रतिशत, प्राइम कमर्सियल बैंक ८.५७ प्रतिशत, कुमारी बैंक ८.९० प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंक ६.२२ प्रतिशत, एनआइसी एसिया बैंक ९.२२ प्रतिशत आधार दर कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको