Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दति निक्षेपमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १२ : ३१ मा प्रकाशित

मुद्दति निक्षेपमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। 

केन्द्रीय बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।
बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी दिएको छ । 

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ २६ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्ने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब करोड १२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ , ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७५ करोड रुपैयाँ लगानी गर्न लागेको हो । आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको