Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १२ : ४१ मा प्रकाशित

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले आज (भदौ २४ गते ) देखि असोज २९ गते भित्र कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयसीमाभित्र संस्थापकहरूले सेयर नकिनेमा सर्वसाधारणका लागी सेयर बिक्री खुला गर्ने बैंकले जनाएको छ  । सेयरको मूल्य भने बिक्रेताले तोकेअनुसार निर्धारण हुने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको