Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १३ : ०५ मा प्रकाशित

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

नेपाल सरकार, मन्त्रिपरिषदको यही भदौ २० गतेको निर्णयबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार उनलाई चार वर्षको पदावधि रहने गरी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त  गरिएको हो ।

यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णय बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बिई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।

उनी २०४९ चैत २३ गतेदेखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी हुन्। उनले २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन्। २०७८ माघ १८ गते अर्याल नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन्।

 

 


 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको