Like us!
Follow us!
Connect us!
Watch us!

कोशी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०७ : १२ मा प्रकाशित

कोशी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल बागमती र कर्णालीका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

राति कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी  प्रदेशका थोरै स्थानमा वर्षा हुने देखिन्छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको