Like us!
Follow us!
Connect us!
Watch us!

२४ घन्टाको मौसम पूर्वानुमान, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०७ : ०४ मा प्रकाशित

२४ घन्टाको मौसम पूर्वानुमान, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

आगामी २४ घन्टामा मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि चेतावनी दिइएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। 

बिहीबार सातै प्रदेशका केही स्थानमा वर्षा हुनसक्ने देखिएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको