धितोपत्र (सेयर) को दोस्रो बजारमा अनलाइन कारोबारका लागि २३ लाख ३१ हजार ३५० ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अकाउन्ट पुगेका छन्।
गत साउनमा मात्र ७२ हजार ९४० जनाले टिएमएस अकाउन्ट खोलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सेयर बजार बढेका बखत दैनिक साढे २ लाखले टिएमएस चलाउँछन्। टिएमएसबाट आइपिओ बेच्नदेखि दोस्रो बजारमा सूचीकृत कम्पनीका सेयर खरिदविक्री गर्न पाइन्छ।
डिम्याट खाताको संख्या भने ६३ लाख लाख ८५ हजार ३९६ पुगेको छ भने मेरो सेयर खाता खोल्नेको संख्या ५४ लाख ४२ हजार ८३२ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस