Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएस ५८ मा समस्या, लगानीकर्ताले गर्न पाएन कारोबार

अर्थ संसार

सोमबार, ०९ असार २०८२, १७ : ३३ मा प्रकाशित

टिएमएस ५८ मा समस्या, लगानीकर्ताले गर्न पाएन कारोबार

टिएमएस नम्बर ५८ नासा सेक्युरिटिजमा विगत केही दिन देखि समस्या देखिएको छ ।

सिस्टमा समस्या देखिएका कारणले उक्त सेक्युरिटिजमा टिएमएस खोलेका लगानीकर्ताहरुले सास्ती भोगिरहेका छन् ।

विगत एक हप्तादेखि सिस्टममा समस्या आएका कारण कारोबार गर्न नसकिएको लगानीकर्ताहरुको भनाइ छ । कम्पनीले समस्या समाधानका लागि पनि तत्परता नदेखाएको उनीहरुको आरोप छ । टिएमएस खोल्दा इरर ५०३, ५०४ भन्ने गरेको र कारोबार गर्नका लागि समस्या भएको लगानीकर्ताको भनाइ छ । यो विषयमा कम्पनीमा जानकारी दिदा पनि समस्याको समाधान नभएको र कारोबार बन्द हुन ५ मिनेट बाँकी रहँदा समस्या समाधान भएको जवाफ आउने गरेको उनको भनाइ छ । ‘यो विषयमा नेप्से र सेवोनमा पनि जानकारी दिएको तर सुनुवाइ भने हुन सकेको छैन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक लगानीकर्ताले भने ।

उक्त सेक्युरिटिजले साना लगानीकर्ताहरुलाई समस्या पार्ने नियत देखिएको उनीहरुको आरोप छ । कम्पनीमा कुरा गर्दा कम्पनीका कर्मचारीले आफ्नोमा चलेको जबाफ दिने गरेको उनीहरुले बताएका छन् । नासा एप बनाएका कारण टिएमएस ५८ मा समस्या आएको लगानीकर्ताको भनाइ छ ।

नासा एप लन्च गरेकाले केही मात्रामा समस्या आएको भए पनि तत्काल समस्या समाधान गर्ने गरिएको नासा सेक्युरिटिजका सिनियर फाइनान्स अफिसर सुमन सिग्देलको भनाइ छ । चलेन भनेर गुनासो गर्नेहरुको समस्या समाधान भएको भन्दै केही समस्या आएको उनले स्वीकार गरे ।

यस्तो समस्या नआउने गरि समाधान गर्ने गरि काम भइरहेको उनको भनाइ छ । ‘कारोबार गर्नका लागि नै समस्या आएको होइन, केही समस्या आएको र त्यसलाई समाधान पनि गरिएको छ,’ उनले भने । नासा एपमा डाटा इन्ट्रीको काम भइरहेकाले केही समस्या आएको भए पनि कारोबार गर्नका लागि नै समस्या भने नभएको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको