Like us!
Follow us!
Connect us!
Watch us!

सेक्यूर्ड सेक्यूरिटिजले आजदेखि नयाँ टिएमएस सञ्चालनमा ल्याउदै

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०७ : १४ मा प्रकाशित

सेक्यूर्ड सेक्यूरिटिजले आजदेखि नयाँ टिएमएस सञ्चालनमा ल्याउदै

ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आज आइतबार नयाँ टिएमएस सञ्चालनमा ल्याउने भएको छ।

यसबाट सेयर बजारका लगानीकर्ताले सेयर किनबेच गर्न पाउने भएका छन्। श्रीलंकाको सेयर बजारमा प्रयोगमा आएको टिएमएस सञ्चालनमा ल्याउन लागिएको सेक्यूर्ड सेक्युरिटीले जनाएको छ। 

सेक्यूर्ड सेक्युरिटीले यसअघि दिँदै आएको नेप्सेको टिएमएस सुविधा आइतबारदेखि बन्द हुनेछ। सेक्यूर्ड सेक्यूरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्तालाई नयाँ टिएमसको लग इन गर्न एक सूचना जारी गरेको छ । 

यसअघि नेप्सेले उपलब्ध गराएको टिएमएसमा भन्दा नयाँ टिएमएसमा केही नयाँ फिचर उपलब्ध हुने बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको