Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य एयरको जहाज दुर्घटना हुँदा १५ जनाको मृत्यु, चार जनाको जीवितै उद्धार

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १२ : ५६ मा प्रकाशित

सौर्य एयरको जहाज दुर्घटना हुँदा १५ जनाको मृत्यु, चार जनाको जीवितै उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। मर्मतका लागि पोखरा जान लागेको उक्त विमानमा रहेका १५ जनाको निधन भएको विमानस्थल प्रहरीले जनाएको छ।

निधन भएका सबै सौर्य एयरलाइन्सका कर्मचारीहरू छन्। दुर्घटनामा परेका ४ जनाको उद्धार गरिएको छ। विमानमा १९ जना चढेका थिए। विमान उडिसकेपछि आगो लागेर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन्।

उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित दमकल परिचालन गरिएको थियो। उद्धार गरिएकामध्य तीनजनाको त्रिवि शिक्षण अस्पतालमा र एकजनाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। मेडिकल कलेजमा क्याप्टेनको उपचार भइरहेको हो। मृतककहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको