Like us!
Follow us!
Connect us!
Watch us!

लगातार ६ दिनको गिरावटपछि ७८ अंकले बढ्यो नेप्से,८ अर्ब १६ करोडको कारोबार

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १५ : १३ मा प्रकाशित

लगातार ६ दिनको गिरावटपछि ७८ अंकले बढ्यो नेप्से,८ अर्ब १६ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अंकले बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि लगातार ओरालो लागेको नेप्से, आज भने बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक ७८.१७ अंक बढेर २६६६.३८ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको२४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर, स्र्टन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरे थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको