Like us!
Follow us!
Connect us!
Watch us!

थामियो भीषण वर्षा, तर हल्कादेखि मध्यम वर्षा कायमै रहने

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ०७ : ०३ मा प्रकाशित

थामियो भीषण वर्षा, तर हल्कादेखि मध्यम वर्षा कायमै रहने

केही दिनदेखिको भीषण वर्षा थामिएको छ। तर, हल्कादेखि मध्यम वर्षा भने कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भारतको मध्य प्रदेशमा विकसित भएको न्यून चापीय प्रणाली कमजोर बनेसँगै नेपालमा भीषण वर्षा थामिएको हो।

तर,पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभावका कारण हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसमा 
मनसुनी गतिविधि पनि कायमै छ।

आइतबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। केही ठाउँमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने आकलन छ। कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति कोशीका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको