Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ५६ हजार ८ सय

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ११ : ०७ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ५६ हजार ८ सय

नेपाली बजारमा सुनको मूल्यले आज पनी नयाँ रेकर्ड कायम गरेको छ ।  शुक्रबार प्रतितोला ३ हजार रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको मूल्यले आइतबार पुनः अर्को रेकर्ड कायम गरेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन  १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको