Like us!
Follow us!
Connect us!
Watch us!

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १२ : ४० मा प्रकाशित

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले आज (भदौं ३० गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो 

यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको