Like us!
Follow us!
Connect us!
Watch us!

५० अंकले घट्यो सेयर बजार,१० अर्ब ३३ करोडको कारोबार

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १५ : १० मा प्रकाशित

५० अंकले घट्यो सेयर बजार,१० अर्ब ३३ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनकिो ६४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशका दरले कमाएका हुन् । इस्टर्न हाइड्रोपावरका लगानीर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको