Like us!
Follow us!
Connect us!
Watch us!

३३ कम्पनीहरुले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ११ : ४५ मा प्रकाशित

३३ कम्पनीहरुले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम जारी छ । लाभांश घोषणा गर्नेमा सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरू छन् । सोमबारसम्ममा ३३ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गर्नेमा हाइड्रोपावर कम्पनीसँगै बैंक,लघुवित्त,होटल र विभिन्न म्यूचुअल फण्डहरु रहेका छन् ।  यी कम्पनीहरुले गत आर्थिक वर्ष २०८०÷०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्् ।

बैंक 
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश क्षमता भएको एभरेष्ट बैंकले १५.५३% लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १०% बोनस र ५.५३% नगद लाभांश समावेश छ ।
यस्तै, कामना सेवा विकास बैंकले १२% लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ७% बोनस र ५% नगद लाभांश रहेको छ ।

हाइड्रोपावर कम्पनी 
अपि पावर कम्पनीले ९.४७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा ९% बोनस र ०.४७३७% नगद लाभांश रहेको छ ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १२.६३% लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ७% बोनस र ५.६३% नगद लाभांश रहेको छ ।

माण्डु हाइड्रोपावर कम्पनीले १२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ भने सिईडिबीले ११% बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ, र हकप्रद निष्काशनको तयारी पनि गरेको छ ।
भगवती हाइड्रोपावर लिमिटेडले १४.७३% लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ४% बोनस र १०.७३% नगद लाभांश छ ।
म्युचुअल फण्ड
राष्ट्रिय वाणिज्य बैंकको प्रबर्धन रहेको आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 
यस्तै, एनआईविएल ग्रोथ फण्डले ६.३५% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४% नगद लाभांश र फ्लेक्सी क्याप फण्डले  १०.५०% नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । यस्तै,डाइनामिक डेप्ट फण्डले १०% ग्रोथ फण्डले ९.५०% र ब्यालेन्सड् फण्डले ९.२५% नगद लाभांश वितरणको घोषणा गरेका छन् । 
सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशतका दरले प्रतिफल पाउने भएका छन् ।
कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
लक्ष्मी सनराइज क्यापिटलले सनराइज फस्र्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने भएको छ । यस्तै, लक्ष्मी उन्नति कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

लघुवित्त
गुराँस लघुवित्त ले १५% लाभांश प्रस्ताव गरेको छ । जसमा १४.२५% नगद र ०.७५% बोनस समावेश छ ।

यी कम्पनीहरुमध्ये अधिकांशले लाभांश पारित गर्न वार्षिक साधारणसभा समेत आह्वान गरिसकेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको