गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले आभांश घोषणा गरेको छ । योजनाले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
योजनाले कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन १५ गते बसेको योजनाको योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसका साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस