ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलको तेस्रो साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा असोज १० गते सम्पन्न भएको हो ।
ज्योति विकास बैंक लि. को केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित रु.१,४७,००,००० (अक्षरेपी एक करोड सतचालीस लाख मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, लगायतका सेवा प्रदान गरी आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस