नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ६ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,महासंघका अनुसार बुधबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस