Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, ११ : ०७ मा प्रकाशित

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार पनी सुनको मूल्य घटेको छ । बुधबार ३ सय रुपैयाँ घटेको सुनको मूल्यआज ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन  प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको