Like us!
Follow us!
Connect us!
Watch us!

रविले ग्यालेक्सी टिभीमा लिएका थिए एक करोड भन्दा बढी तलब

अर्थ संसार

शनिबार, ०५ असोज २०८१, ०९ : ०६ मा प्रकाशित

रविले ग्यालेक्सी टिभीमा लिएका थिए एक करोड भन्दा बढी तलब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ । 

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको  प्रबन्ध निर्देशक रहँदा  १ करोड बढी तलब बुझेको उल्लेख छ ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् ।

समितले ग्यालेक्सी टिभीमा सहकारी भन्दा बाहिरबाट कुनै पनि लगानी नभएको निष्कर्ष निकालेको छ ।

साथै समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ । साथै समितिले लामिछानेसहित गोर्खा मिडियाका संचालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुन बमोजिम कारवाहीको सिफारिस गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको