Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य आइतबार पनि रेकर्ड बिन्दुमा, अब एक तोला सुन किन्न १ लाख ५८ हजार ८ सय चाहिने

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ११ : ०६ मा प्रकाशित

सुनको मूल्य आइतबार पनि रेकर्ड बिन्दुमा, अब एक तोला सुन किन्न १ लाख ५८ हजार ८ सय चाहिने

नेपाली बजारमा आइतबार पनि सुनको मूल्यले नँया रेकर्ड बनाएको छ ।  शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार पुनः १७ सय रुपैयाँले बढेर नँया रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म कै उच्च मूल्य हो । यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । 

महासंघका अनुसार शुक्रबार चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको