Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, तोलाको एक लाख ६० हजार नजिक

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, १० : ५२ मा प्रकाशित

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, तोलाको एक लाख ६० हजार नजिक

नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले नँया रेकर्ड बनाएको छ । आइतबार रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार पनि रेकर्ड कायम गरेको हो ।

पछील्ला तीन दिनमा सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सोमबार छापावाला सुन  प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म कै उच्च मूल्य हो । गत शुक्रबार १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै सोमबार चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको