Like us!
Follow us!
Connect us!
Watch us!

नवलपुरमा रात्रिबस दुर्घटना, २३ जना घाइते

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, ०७ : १६ मा प्रकाशित

नवलपुरमा रात्रिबस दुर्घटना, २३ जना घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनियी त्रिवेणीमा रात्रिबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस मंगलबार बिहान विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो।

बस पल्टिँदा बसका  २३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। बसमा ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल छन्।

घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको