Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलले ५० करोड ७५ लाख  लाभांश बाँड्यो, इकाईधनीको बैंक खातामा जम्मा

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, ०७ : ३४ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलले ५० करोड ७५ लाख  लाभांश बाँड्यो, इकाईधनीको बैंक खातामा जम्मा

एनआईसी एशिया क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई ५० करोड ७५ लाख ५ हजार ८५९ रुपैयाँ लाभांश बाँडेको छ।

गत आर्थिक वर्ष ०८०/८१ मा एनआईसी एशिया बैंक म्युचुअलफण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाबाट गत वर्षको नाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गरिएको हो। 

क्यापिटलका अनुसार एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत अर्थात् ७ करोड ६२ लाख २४ हजार रुपैयाँ, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार रुपैयाँ बराबरको प्रतिफल इकाईधनीलाई वितरण गरेको हो।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल असोज ९ गतेदेखि इकाईधनीको खातामा जम्मा हुने भएको छ।  अन्य फण्डको प्रतिफल भने बैंक खातामा असोज ४ गतेदेखि जम्मा गरिसकेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ। 

इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको