Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष प्रचण्ड

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, १० : २३ मा प्रकाशित

कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनुपर्ने निष्कर्षमा पुगेपछि दुई ठुला दल कांग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरेका हुन् ।

कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष प्रचण्डको भनाई थियो । उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताए । 

अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको बताए । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यसमा ठुला दलहरू गम्भीर बन्नुपर्ने बताए । 

उनले भने,‘परिस्थिति निकै जटिल छ । सहज छैन । हामीले सम्झौता गरेर बनाएको संविधान हो । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । हाम्रो विशेषता र हाम्रो विशिष्टतामा विस्तृत शान्ति सम्झौतालाई संविधानको अंग मानिएको छ । र अघिल्लो संविधानलाई पछिल्लो संविधानले पछ्याएको छ । त्यसकारण संविधान संशोधनसँग सम्बन्धित कुरालाई ख्याल गर्दा यसबारे चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको