नेपाली बजारमा आज पनी सुनको मूल्य बढेको छ ।
मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।महासंघका अनुसार यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यसअघि सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस