Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्नुमा को जिम्मेवार ?

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, १३ : ४० मा प्रकाशित

सेयर बजार घट्नुमा को जिम्मेवार ?

साउन ३१ गते ३ हजार बिन्दुमाथी पुगेको बजार भदौ लागेसँगै निरन्तर घट्न थालेको छ । यसबीचमा नेप्से मात्र होइन कारोबार रकम पनि निरन्तर खुम्चिँदै गएको छ । साउन ३१ गते नै  २९ अर्ब ९५ करोड रुपैयाँसम्मको सेयर कारेबार भएको बजारमा पछिल्लो समय ५/६ अर्बमा सीमित भएको छ । यसरी बढीरहेको बजार निरन्तर घट्न थालेपछी लगानीकर्ताहरुमा निराशा आएको छ । लगानीकर्तालाई चिन्तित बनाएको छ । 

सेयर बजार निरन्तर घटेर सरकारको आलोचना हुन थालेसँगै बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेप्से कार्यालयको भ्रमण गरे । नेप्से कार्यालय पुगेका अर्थमन्त्री पौडेलले सेयर बजार निरन्तर घटेको प्रति नेप्सेका अधिकारीसँग प्रश्न गरेका थिए । उनको प्रश्न थियो ३ हजार पुगेको नेप्से किन २५ सय पुग्यो ?

उनले नेप्से कार्यालयको भ्रमण गरेपछी आइतबार सामान्य बढेको बजारमा सोमबार भने पहिरो नै गयो । 

कांग्रेस र एमालेबीचको नयाँ सरकारसँगै नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लासँगै निरन्तर उकालो लाग्न थालेको सेयर बजार निरन्तर घटिरहेको छ । सेयर बजार मैत्री भनिएका पौडेलले सरकारमा आएको दुई महिना बढी हुँदा पनि नीतिगत सुधारको काम भने केही भएको छैन । विगतमा बजार बढ्दा आफ्नो सफलता भनेर व्याख्या गरेको वर्तमान सरकारले घट्दा भने जिम्मेवारी लिएको छैन । अर्थमन्त्री नेप्से कार्यालय गएको बिषयले भने कतिपय आम लगानीकर्ताहरुमा आशा जगाएको थियो तर त्यो आशा एक दिनसमेत टिक्न सकेन ।

सेयर बजारमा दशैको बिक्री दबाब रहेको हुँदा पनी बजार माथि उठ्न नसकेको लगानीकर्ताको तर्क छ । बजार दशैँअगाडि साइडवेजमै चलिरहने बजारबारे जानकारहरुको भनाई छ  । यसरी सेयर बजार घटिरहँदा सोझा साझा लगानीकर्ताको अर्बौ रकम डुबिरहेको छ । यसको जिम्मेवारी भने नियामक निकायले लिने कि नलिने ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको