Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक लामालाई नगद सम्मान

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १३ : ०६ मा प्रकाशित

एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक लामालाई नगद सम्मान

एनएमबि बैंकले एशियाली प्यारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।  

उनको उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई  १ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ ।पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण हो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन् ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको