Like us!
Follow us!
Connect us!
Watch us!

३२ अंकले घट्यो नेप्से,४ अर्ब ८४ करोडको कारोबार

अर्थ संसार

विहीबार, १० असोज २०८१, १५ : २५ मा प्रकाशित

३२ अंकले घट्यो नेप्से,४ अर्ब ८४ करोडको कारोबार

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजीको १७ करोड ७३ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । आज सीइडिबी हाइड्रोको १४ करोड १५ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको