Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

अर्थ संसार

विहीबार, १० असोज २०८१, २१ : ४१ मा प्रकाशित

दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार (आज) दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा सानिमा रिलाइन्स लाइफ र साहस उर्जा लिमिटेडको कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।  

नेप्सेले साहस उर्जाको ८ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य ४७९.१७ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ५१७.५० मा अन्तिम कारोबार भएको थियो । 

त्यस्तै नेप्सेले सानिमा रिलायन्स लाइफ इस्योरेन्सको १८.३८ प्रतिशत बोनस सेयर बापत  सेयरमूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको सेयर मुल्य ४ सय ७२ रुपैयाँ ६३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५९ रुपैयाँ ५० रुपैयाँमा भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार यी दुई कम्पनीको सेयर कारोबार खुल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको