Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्धारा नेक्स्टजेन बैंकिङ लीडर्स स्कलरशिपको घोषणा

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, १२ : ४६ मा प्रकाशित

एनएमबि बैंकद्धारा नेक्स्टजेन बैंकिङ लीडर्स स्कलरशिपको घोषणा

एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबी नेक्स्टजेन बैंकिंङ लीडर्स स्कलरशिपको घोषणा गरेको छ ।

बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । 

यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान् विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो।

विद्यार्थीहरूलाई  बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सिप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ  क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य एनएमबि बैंकले लिएको छ।

 एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको