Like us!
Follow us!
Connect us!
Watch us!

कुलेखानी पूर्ण क्षमतामा चलाउँदा पनि पानी नघटेपछि ड्यामका दुबै ढोका खोलियो

अर्थ संसार

शनिबार, १२ असोज २०८१, ०७ : ५० मा प्रकाशित

कुलेखानी पूर्ण क्षमतामा चलाउँदा पनि पानी नघटेपछि ड्यामका दुबै ढोका खोलियो

मकवानपुरमा रहेको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोबर जलासयका दुबै ढोका खोलिएको छ। निन्तरको वर्षाका कारण ड्याम भरिएपछि आयोजनाले शनिबार बिहानै दुबै ढोका खोलेको हो। यसले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।

शनिबार बिहान ४स्५० बजेबाट कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ। जलाशयको क्षमताभन्दा बढी पानी संकलन भएको र पानी पर्ने क्रम झनै बढेपछि जलासयको दुवै ढोका आंशिक रुपमा खुला गरेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए।

उनका अनुसार कुलेखानीमा हाल एक हजार ५३०.२८ मिटर पानीको सतह मापन छ। कुलेखानीमा प्रतिघण्टा ३७ मिटर पानी संकलन भइरहेको उनको भनाइ छ।

ड्यामको सुरक्षाका लागि शुक्रबारबाट कुलेखानी प्रथम पूर्ण क्षमता ६० मेगावाटमा चलाइएको थियो, भने सिमखोलाको पानी पनि डाइभर्ट गरिएको थियो। तर, निरन्तरको वर्षाका कारण पानी घट्न सकेको छैन।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको