Like us!
Follow us!
Connect us!
Watch us!

जोखिममा रहेकाको उद्धारमा संवेदनशील भएर लागेका छौंः गृहमन्त्री लेखक

अर्थ संसार

शनिबार, १२ असोज २०८१, १३ : ४४ मा प्रकाशित

जोखिममा रहेकाको उद्धारमा संवेदनशील भएर लागेका छौंः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले बाढी पहिरो र डुबानको जोखिममा रहेकाहरुलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका छन् । आज केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

विपदबाट देशभर ठूलो जनधनको क्षति भएको उनले बताए ।

उनले भने, देशभरी बाढी पहिरो डुबान भएको छ। काठमाडौं उपत्यकामा पनि ठूलो क्षति भएको छ । सरकारका सबै अंगले काम गरीरहेका छन्। काठमाडौंमा ७५० भन्दा बढी जोखिममा परेहकाहरुको उद्धार गरेका छौं। जोखिममा रहेकाहरुलाई गम्भिरता र संवेदशील भएर हेरिरहेका छौं ।


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको