Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोले १३ सय मेगावाट विद्युत उत्पादन बन्द

अर्थ संसार

आइतबार, १३ असोज २०८१, ०७ : ३४ मा प्रकाशित

बाढीपहिरोले १३ सय मेगावाट विद्युत उत्पादन बन्द

बाढीपहिरोका कारण १३ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार  लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएको हो।

त्यस्तै, मान्डु हाइड्रोपावर, माथिल्लो तामाकोशी, मध्य सोलु, बेनी सोलु, सोलु दूधकोशी, माथिल्लो दूधकुण्ड र मध्य तमोरलगायतका जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ। 

लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको हो।

४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि पूर्ण रुपमा बन्द छ। माथिल्लो तामाकोशी र २२ मेगावाटको मान्डु हाइड्रोपावरमा क्षति पुगेको छ।

तामाकोशी नदीले १३२ केभी खिम्ती–लामसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको छ। खिम्ती–लामसाँघु प्रसारण लाइनबाट विद्युत् आपूर्ति‌ बन्द भएपछि काठमाडौं उपत्यकामा आउने करिब सय मेगावाट विद्युत् प्रवाह रोकिएको छ।

यसले गर्दा विद्युत उत्पादन २८ सय मेगावाटबाट १३ सयमा झरेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको