स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांष घोषणा गरेको छ। कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (करप्रयोजन सहित) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस