Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १० : ४५ मा प्रकाशित

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो २३ औं वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले आउँदो कात्तिक ३० गते वार्षिक साधारणसभा बोलाएको हो ।सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आव सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ 

बोनस सेयर जारीपछि चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त संस्थासँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको