Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, १३ : ५८ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लुभु,ललितपुरले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी आयोजना गरेको छ ।

एक सदस्य एक लघुवित्त भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरु जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यहरुलाई सानो—सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरण प्रति सजग गराउने, बहुबैकिङ्गबाट बच्न सिकाउने, आवश्यकता अनुसारको कर्जा कारोवार गरी उद्यमशील बनी आर्थिक रुपमा सक्षम बनाउने जस्ता कार्यहरु गरि समाजलाई सकारात्मक दिशा तर्फ अगाडी बढाएकोमा संस्थाको प्रशंसा गरिन्।

वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । यस वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्ना व्यपार व्यवसाय लाई सफल बनाउन सुझाव दिए । यस संस्थाले आफ्ना कारोवारहरुलाई प्रविधिमैत्री बनाई पारदर्शि बनाउने तर्फ अगाडी बढेको बताए ।

कार्यक्र १५० जना भन्दा बढी सहभागी सदस्यहरुको उपस्थितिमा सम्पन्न  भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको