स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार १४३ कित्ता सेयरको लिलाम बिक्री खुला गरेको छ ।
लघुवित्तले संस्थापक समूहको नाममा रहेको उक्त सेयरको लिलाम बिक्री खुला गरेको हो ।
यो सेयर संस्थापक सेयरधनी, जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्नेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ५६७ रुपियाँ तोकिएको उक्त सेयर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
इच्छुक खरिदकर्ताले आज (कात्तिक २१ गते) देखि मंसिर ५ गतेसम्म न्यूनतम १ हजार कित्ता वा सम्पूर्ण कित्ताका लागि लघुवित्तको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा आवेदन दिन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस