Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, १३ असोज २०८१, ११ : २८ मा प्रकाशित

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यआइतबार सामान्य घटेको छ । लगातार सात दिन रेकर्ड बनाएको सुनको मूल्य आइतबार भने प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको