Like us!
Follow us!
Connect us!
Watch us!

२२ अकंले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारेबार

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १५ : ११ मा प्रकाशित

२२ अकंले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारेबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमा कारोबार सीमित बनेको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.५५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ६.४९ प्रतिशतका दरले कमाएका छन् । इङवा हाइड्रोका लगानीकर्ताले ५.४६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको