Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशलाई ४० मेगावाट विद्युत् बेच्न सम्झौता गरिँदै, प्रति युनिट आम्दानी कति ?

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०७ : २० मा प्रकाशित

बंगलादेशलाई ४० मेगावाट विद्युत् बेच्न सम्झौता गरिँदै, प्रति युनिट आम्दानी कति ?

बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न आगामी बिहीबार त्रिपक्षीय सम्झौता हुने भएको छ।

विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबीच सम्झौता हुन लागेको हो। 

ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले सम्झौताका लागि बंगलादेशका ऊर्जामन्त्री नेपाल आउने बताए।  ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिव सम्मिलित संयुक्त कार्यदलको बैठक मंगलबार र बुधबार काठमाडौंमा हुँदैछ। 

प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ। ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको