Like us!
Follow us!
Connect us!
Watch us!

सुकिला नोट सटहीमा देखिएन उत्साह, पहिलो दिनमा सटही भयो करिब २ करोड मात्र

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १३ : ०४ मा प्रकाशित

सुकिला नोट सटहीमा देखिएन उत्साह, पहिलो दिनमा सटही भयो करिब २ करोड मात्र

नेपाल राष्ट्र बैंकले यस पटकदेखि दशैँका लागि सुकिला नोट सटहीको व्यवस्था गरेकोमा उत्साह भने कम देखिएको छ । विगतमा नयाँ नोटका लाइन लागेर लिनेको भिड हुँदै आएकोमा सुकिला नोटमा पहिलो दिन कम सटही भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

राष्ट्र बैंकले पहिलो दिन १ करोड ८० लाख सुकिला नोट सटही गरेको छ । यो भनेको प्रत्येक दर ५, १०,२०, ५० र १०० का बण्डल सटही भएको हो ।

गत वर्ष दैनिक २ अर्ब रूपैयाँ सटही भएको थियो ।  एकजनाले  ५,१०,२०,५० र १०० दरका १८ हजार पाँच सयसम्म साट्न पाउनेछन् ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साटिरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको