Like us!
Follow us!
Connect us!
Watch us!

नियमनबाट लाभांस पुनरावलोकन नभएसम्मलाई अपि पावरको साधारणसभा स्थगित

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ०८ : २२ मा प्रकाशित

नियमनबाट लाभांस पुनरावलोकन नभएसम्मलाई अपि पावरको साधारणसभा स्थगित

अपि पावर कम्पनीले कार्तिक १ लाई तय गरेको साधारणसभा स्थगित गरेको छ। कम्पनीको आश्विन १५ साँझ बसेको बसेको संचालक समितिको बैठकले विद्युत नियमन आयोगमा कम्पनीले पेश गरेको लाभांस सम्बन्धि आवेदन विचाराधीन अवस्थामा रहेको कारण सभा उक्त दिनलाई स्थगित गरेको कम्पनीले जनाएछ। 

कम्पनीको २१ औं वार्षिक साधारण सभामा प्रस्ताव गरेको बोनस सेयर (लाभांश) र मूल्य समायोजन प्रकृयामा असर पर्ने देखिएकोले यस लाभांश वितरणको विषयमा नियामक निकाय विद्युत नियमन आयोगबाट उक्त निर्णयको पुनरावलोकन भई निर्णय प्राप्त नभएसम्मका लागि कम्पनीको साधारण सभा र सेयर दर्ता किताब बन्द हुने मिति स्थगित गरिएको सुचनामा उल्लेख छ।

अपि पावर कम्पनी लिमिटेडको आश्विन ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको खुद मुनाफा तथा सेयर प्रिमियमबाट कायम रहेको चुक्ता पूँजी रु. ५७८.६५ करोडको ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको थियो।  

विद्युत नियमन आयोगबाट भने यस मुनाफा वितरण गर्न नमिल्ने जानकारी सहितको पत्र कम्पनीलाई लेखियो। कम्पनीले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा २२ मा आयोगको निर्णय माथि सम्बन्धित कम्पनीले पुनरावलोकनको लागि आवश्यक थप कागजातहरु सहित १५ दिन भित्र निवेदन दिन सक्ने व्यवस्था अनुसार उक्त निर्णयको पुनरावलोकनका आश्विन १० गते विद्युत नियमन आयोगमा निवेदन दिएको छ ।

कम्पनीले विद्युत नियमन आयोगबाट पुनरावलोकन भई निर्णय जारी भएपश्चात् अर्को सुचना जारी गरी कम्पनीले स्थगित गरेको २१औं वार्षिक साधारणसभा तथा सेयर दर्ता किताब बन्द हुने मिति पुनः तय गरिने सूचनामा उल्लेख छ। 

66fcb240aad6b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको