Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १५ : २५ मा प्रकाशित

बजार घट्दा यी  कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अकंले घटेर २५९७.४९ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हवार ७६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यस्तै, हिमालयन रिइन्स्योरेन्सको  १७ करोड ३१ लाख रुपैयाँ,गुडविल फाइनान्सको  १५ करोड ९६ लाख रुपैयाँ ,नेपाल बैंकको  १५ करोड २७ लाख रुपैयाँ,शिवम सिमेन्टको  १३ करोड ७५ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावरको  १३ करोड २५ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावरको  १२ करोड २० लाख रुपैयाँ,एचआईडीसीएलपीको ११ करोड ९० लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको  ११ करोड ८ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्सको १० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको