Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको सेयर सर्वसाधारणका लागि बिक्री खुला

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०७ : २३ मा प्रकाशित

महुली लघुवित्तको सेयर सर्वसाधारणका लागि बिक्री खुला

संस्थापक सेयर सदस्यले नकिनेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

संस्थापक सेयरधनी दिपक लम्सालका नाममा रहेको १६ हजार ४१० कित्ता सेयर सर्वसाधारणले किन्न पाउने भएका हुन्।

यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी गत असार २१ गतेबाट बिक्री खुला गरिएको थियो। तर, ३५ दिनसम्म पनि संस्थापकबाट सो सेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण-६, महुली सप्तरीमा आफूले किन्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य भने बिक्रेताले ताकेबमोजिम हुने सूचनामा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको