महुली लघुवित्तको एफपीओमा १ अर्ब ४७ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज (पुस ७ गते) साँझ ५ः०६ बजेसम्ममा १० लाख २२ हजार ११५ जनाले १ करोड ४७ लाख ४१ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ३१.००५ गुणा बढी हो ।
कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो । यो एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस